स्यालीबजारकाे पार्किङ गाडीमा मृत भेटिएका तीन बच्चाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक



स्यालीबजारकाे पार्किङ गाडीमा मृत भेटिएका तीन बच्चाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

तुलसीपुर २२ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्यालीबजारमा पार्किङ गरेर राखेको गाडीमा मृत भेटिएका तीन बच्चाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । मंगलबार साँझ सार्वजनिक रिपोर्ट अनुसार ति बच्चाको शरीरमा कुनै चोटपटक लागगेको छैन । शव गलिसकेकाले गाडी भित्र निसासिएर मृत्यु भएको वा कसैले हत्या गरेको भनि भन्न नसकिने पोष्टमार्टममा खुलाईएको छ ।

त्यसकालागि भिसेरा परीक्षण गर्नुपर्ने रिपोर्टमा छ । मृतक भेटिएको भन्दा २४ घण्टा अगाडी नै तीनै जनाको एकै समयमा मृत्यु भएको पोष्टमार्टमा रिपोर्टमा खुलाईएको छ, भने मृत्यु हुनुको कारण खुल्न सकेको छैन । अब भिसेरा रिपोर्ट गर्नुपर्ने भन्दै त्यसकालागि आबश्यक पर्ने सामग्री काठमाडौं पठाउने तयारी रहेको छ ।

अहिले गाडी धनी यादव गैरे र चालक पदमबहादुर बस्नेतलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । माघ १ गतेदेखि घर अगाडी पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार मृत भेटिएका थिए । उनीहरुका परिवारले सत्यतथ्य छानविन नहुँदासम्म शव नबुझ्ने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे