LISTEN LIVE RADIO

नागरिक समाज दाङद्वारा कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोक्न सचेतनामा जोड



नागरिक समाज दाङद्वारा कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोक्न सचेतनामा जोड

देउखुरी, ६ बैशाख । नागरिक समाज दाङले कोभिड–१९ को दोस्रो लहरको संक्रमण समुदाय स्तरमा बढ्दै गैरहेकाले आम नागरिकलाई सचेत हुन तथा सचेत गराउन सम्वन्धित पक्षको माग गरेकाे छ । नागरिक समाज दाङको लमहीमा मगलबार सम्पन्न बैठकले यस्ताे माग गरेकाे हाे ।

समाज दाङका संयोजक केवी मसालको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को दोस्रो लहरको संक्रमण समुदाय स्तरमा बढ्दै गैरहेकाले आम नागरिकलाई सचेत हुन तथा सचेत गराउन सम्वन्धित पक्षको ध्यानकर्षण गराउने निर्णय गरेको छ । यस्तै बैठकले कोरोना भाइरसको नियन्त्रण र उपचारको व्यवस्थापन पक्षलाई चुस्त बनाउन सरकारको ध्यानकर्षण गराएको छ । बैठकले राजनैनितक सहमतीको आधारमा राष्ट्रिय सरकार गठन गरेर राजनैतिक अस्थिरताको अन्त्य गर्न अपिल गरेको छ ।

त्यस्तै बैठकले देशमा राजनैतिक अस्थितरता बढ्दै गैरहेको भन्दै संवाद, सहमती र समन्वयको आधारमा राष्ट्रिय सहमतीको सरकार गठन गरी देशमा राजनीतिक अस्थितरताको अन्त्य गर्न बैठकले अपिल गरेको हो । राष्ट्रिय झण्डाको दुरुपयोग बढेको भन्दै मापदण्ड अनुसार झण्डाको सदुपयोग गर्न नेपाल सरकारलाई बैठकले ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय झण्डाको दुरुपयोग भएको पाइएकाले राष्ट्रिय झण्डाको सम्मान गर्दै मापदण्ड अनुसार कार्यान्वयन गर्न र गराउन आग्रह गरेको हो । एससीसी पुनःअवलोकन वा खारेज गर्न माग राखिएको छ । एमसीसी सम्झौताका केही वुदाहरु नेपाल र नेपालीको हितमा नरहेकाले पुनःअवलोकन वा खारेज गर्न नेपाल सरकार, प्रतिनिधि सभा सदस्य तथा राजनीतिक दलहरुलाई अपिल गर्ने निर्णय गरेको सहसंयोजक निमबहादुर थापाले जानकारी दिए ।

यस्तै वैठकले वायूप्रदुषण बढेकाले नियन्त्रणका लागी सबै पक्ष संग आग्रह गरिएको छ । मापदण्ड विपरितका उद्योग सञ्चालन, वन डढेलो र गाउँवस्तीमा आगलागीका कारण धनजनको क्षती सहित वातावरणमा प्रदुषण बढ्दै गैरहेकाले पिडितहरुलाई राहत प्रदान गर्न, आगलागी नियन्त्रण गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरिएको हो । यस्तै लुम्बिनी प्रदेश स्तरीय नागरिक समाज गठन गर्नको लागि भेलाको तयारी गर्न नागरिक समाज दाङका सह–संयोजक निमबहादुर थापाको संयोजकत्वमा भुपेन्द्र सुवेदी र शंकर पाण्डे सदस्य रहेको समिति गठन गरिएको छ ।

बैठकमा उप–संयोजक निमबहादुर थापा, कोषाध्यक्ष हरिलाल विश्वकर्मा, सदस्यहरू रामदयाल गुप्ता, शंकर पाण्डे, भुपेन्द्र सुवेदी, दामोदर भण्डारी, बसन्तराज भट्ट, केशव अधिकारी, शेषमणी शर्मा घिमिरे लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे