LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता, अबको मुख्यमन्त्रीमा माओवादीका साेनामलाई प्रस्ताव



लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता, अबको मुख्यमन्त्रीमा माओवादीका साेनामलाई प्रस्ताव

बुटवल ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको तर्फबाट प्रदेश सभा सदस्य इन्द्रजित थारुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्तावमा ४१ सांसदको हस्ताक्षर रहेको छ । अबको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । लुम्बिनीमा ८७ जना सांसद रहेकोमा एमालेका ४१ सांसद रहेका छन् । नयाँ सरकार बनाउन ४३ सांसदको आवश्यक पर्छ । एमाले बाहेकका दलले गठबन्धन गरेकाले लुम्बिनीमा एमालेको सरकार गुम्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे