लुम्बिनी प्रदेशको स्थायी राजधानी प्रवेशद्वार धानखोलामा स्वागत बोर्ड स्थापना (फोटो फिचर)



लुम्बिनी प्रदेशको स्थायी राजधानी प्रवेशद्वार धानखोलामा स्वागत बोर्ड स्थापना (फोटो फिचर)

भालुवाङ ५ वैशाख । त्रिभुवन नगर जेसिआईले दाङ, अर्घाखाँची र कपिलबस्तुको सिमाना लुम्बिनी प्रदेशको प्रबेशद्धार धानखोलामा शनिवार एक कार्यक्रमको आयोजना गरि स्वागत बोर्ड स्थापना गरेको छ । त्रिभुवन नगर दाङका जेसिआई अध्यक्ष मुकेश्वर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले स्वागत बोर्डको अनावरण गरेका हुन् ।

स्वागत बोर्ड अनावरण गर्दै अध्यक्ष यादवले ३ जिल्लाको सिमाना र लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाको प्रबेशद्धारमा त्रिभुवन नगर जेसिआईले स्वागत बोर्ड स्थापना गरेकोमा धन्यवाद दिदै सबैको समन्वय र सहकार्यमा यस स्थानमा पक्की संरचनाको स्वागतद्धार निर्माण गर्नुपर्ने आवश्यकता रहेको औल्याए । युवाहरुको संस्था जेसिआईको पहलमा स्वागतद्धार स्थापनाको पहल गरेमा स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत अध्यक्ष यादवले जाहेर गरे ।

स्थापित बोर्डमा एकातर्फ लुम्बिनी प्रदेशको राजधानीमा यहाँहरुलाई हार्दिक स्वागत भन्ने लेखिएको छ । भने अर्को साइडमा राजधानी दाङ उपत्यकाबाट बाहिरिएकोमा धन्यवाद र ट्राफिक सचेतनाको सन्देश समेत लेखिएको छ । कार्यक्रममा गढवा गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारी र जेसिआईका पुर्व अध्यक्ष बसन्तराज अधिकारी लगायतकाले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे