LISTEN LIVE RADIO

लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ: मन्त्री केसी



लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ: मन्त्री केसी

बुटवल २९ चैत्र। लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश छिट्टै परिवर्तन हुने बताएका छन्। रुपन्देहीको बुटवलमा रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले केन्द्रिय सरकारसँगै प्रदेश सरकार पनि परिवर्तन हुने बताए ।

मन्त्री केसीले केन्द्रको राजनीति प्रदेशमा स्वाभाविक रुपमा पर्ने भएकाले प्रदेश सरकार पनि सोही अनरुप परिवर्तन हुने बताए। यस्तै उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या नै त्यसैको प्रतिफल भएको औल्याए । साथैं संघीयता आए पनि प्रदेश र स्थानीय तहलाई व्यवहारिक रुपमा अधिकार संघीय सरकारले नदिएको गुनासो गर्दै केन्द्रिय राजनीति तल्लो तहसम्म हावी रहेको उनको दाबी थियो ।

यस्तै मन्त्री केसीले प्रदेशमा मिडियाका समस्या समाधानका लागी तीन प्रकारले वर्गीकरण गरेर काम गर्ने योजना रहेको उल्लेख गर्दै व्यवसायिक पत्रकारिता, सामुदायिक संचार र पत्रकार सम्वद्ध संघसंस्थाहरुलाई छुट्टाएर काम गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे