पत्रकार महासंघमा सर्वसम्मतको नेतृत्व चयन गर्न दलित पत्रकार संघकाे आग्रह



पत्रकार महासंघमा सर्वसम्मतको नेतृत्व चयन गर्न दलित पत्रकार संघकाे आग्रह

दाङ १५ चैत्र । राष्टिय दलित पत्रकार संघ नेपाल दाङले आसन्न पत्रकार महासंघको निर्वाचनमा सर्वसम्मतको नेतृत्व चयन गर्न आग्रह गरेको छ । संघको आज घोराहीमा बसेको बैठकले जिल्लामा क्रियासिल सबै संघ संघठन र महाशाखालाई सर्बसम्मतको लागि पहल गर्न आग्रह गर्ने निर्णय गरेको हो ।संघका जिल्ला अध्यक्ष बसन्त परियारको अध्यक्षतामा बसेको बैठकले महासंघको गरिमालाई अझ उच्च बनाउन सहमति र सहकार्यको प्रयास थाल्न आग्रह गरेको हो । साथै समावेशीको मर्म अनुसार उम्मेद्धार छनौटमा पनि ध्यान दिन पनि अनुरोध छ ।

जिल्लामा लामो समय देखि पत्रकारीतामा क्रियासिल दलित पत्रकार पनि रहेकाले सहभागिता सुनुश्चिताको लागि आग्रह गरिएको हो । त्यसैगरी महासंघको दलित सदस्य पदमा निर्वाचनबाट नभई सहमतिबाट एक जनाको नाम पठाउने निर्णय समेत गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष गिरीराज नेपालीको स्वागत मन्तव्यबाट सुरु भएकोे बैठकले दलित पत्रकारको क्षमता अभिबृद्धि गर्न तालिम प्रदान गर्ने,जिल्लामा क्रियासिलको पत्रकारको तथ्यांक संकलन गर्दै सदस्यता वितरण गर्ने निर्णय गरेको सचिव अर्जुन परियारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे