घोराहीको जंगलबीचको तलाउमा एक पुरुषको शब फेला



घोराहीको जंगलबीचको तलाउमा एक पुरुषको शब फेला

दाङ २६ माघ । घोराहीको धर्नास्थित जंगल बीचको तलाउमा एक पुरुषको शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ स्थित थारुबास भन्ने ठाउँमा तलाउमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले वन गएका स्थानीय चौधरी महिलाहरुले दूई दिन अगाडि उक्त शब देखेका थिए । घटनाबारे प्रहरीले आइतबार बेलुका अबेर मात्रै वडाध्यक्ष मार्फत जानकारी पाएको डिएसपी रिजालले बताए । यो खबर तयार पार्दासम्म शबको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे