LISTEN LIVE RADIO

सर्वोत्तम बहेउद्देश्यीय सहकारी संस्थाको छैठौ वार्षिक साधारणसभा



सर्वोत्तम बहेउद्देश्यीय सहकारी संस्थाको छैठौ वार्षिक साधारणसभा

दाङ २१ पुस । दाङको घोराहीमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेसन आज मंगलवारदेखि घोराहीमा शुरु भएको छ । कोरोना भाइरसको प्रभावका कारण नेपाल सरकार सहकारी बिभागले जारी गरेको निर्देशन र संस्थाले तयार गरेको कार्यविधि अनुसार सर्वोत्तम सहकारीले पाँच दिनसम्म चरणवद्ध कार्यक्रम गरेर आफ्नो छैठौं बार्षिक साधारण सभा गर्न शुरु गरेको संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिए ।

संस्थाले कोभिड-१९ को प्रभावलाई ध्यानमा राख्दै यस वर्ष फरक तरिकाले साधारणसभा र अधिवेशन गर्ने कार्यतालिका बनाएको छ । जसमा आजदेखी शुक्रबारसम्म सेयर सदस्यहरुबाट सुझाव संकलन र संशोधन प्रस्ताव पेश गर्ने, प्रत्यक्ष उपस्थित भएर संस्थाको माइन्यूटमा हस्ताक्षर गर्ने र प्राप्त सुझाबका आधारमा पुस २५ गते शनिबार वार्षिक साधारणसभा तथा अधिवेशनको समापन समारोह गर्ने कार्यतालिका बनाएर काम शुरु गरेको अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिए । यस वर्षको साधारणसभा तथा अधिवेशनको समापन प्रत्यक्ष उपस्थित तथा विद्युतीय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने संस्थाका अध्यक्ष पौडेलको भनाई छ ।

२०७१ सालमा स्थापना भएको सर्वोत्तम बहुउद्देश्यीय सहकारीलाई २०७४ सालदेखि नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको संस्थाले जनाएको छ । सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले यो बर्षदेखि थप कार्यक्रमका रुपमा घोराहीको तुलसीपुर चोकमा सहकारी बजार सञ्चालनमा ल्याएको छ । आफ्ना शेयर सदस्यहरुलाई सहकारी बजारका बारेमा बिस्तृत जानकारी सहित अवलोकन गराउनका लागि आजदेखि चार दिने पहिलो चरणको कार्यक्रम सहकारी बजार परिसरमा शुरु गरेको छ । साधारणसभामा उपस्थित हुने शेयर सदस्यहरुलाई सहकारी संस्थाले आफ्नो सहकारी बजारमा रहेको तीन सय रुपैया बराबरको सामाग्री समेत दिन शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे