तस्करले जंगलमा लुकाएका गाईगोरु गौशालामा हस्तान्तरण



तस्करले जंगलमा लुकाएका गाईगोरु गौशालामा हस्तान्तरण

तुलसीपुर ९ पुस । तुलसीपुरको वन क्षेत्रमा तस्करहरुले जम्मागरि राखेका २७ वटा गाईगोरुलाई उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका – ८ को मयालु सामुदायिक वनको घना जंगलमा बाँधी राखेको अबस्थामा गाईगोरु फेलापारिएको हो । गाईगोरुको तस्करी गर्ने समूहले राखेको हुन सक्ने वडा नम्वर ८ काअध्यक्ष बेदबहादुर केसी(बेदु)ले जानकारी दिए ।

बाँधिएको अबस्था छन्,घाँस,दाना पानीदिएको छैन्,केसीले भने । ‘स्थानीयहरुले जंगल भित्रगाई बाँधिएको अबस्था देखेपछि खबर गरे लगतै त्यहाँ पुग्यौ ,’ वडाध्यक्ष केसीले भने– ‘एउटा मोटरसाईकलमा ५ जना मान्छे चढी भागेकापनि देख्यौ । हुन सक्छ,ती ब्यक्तिहरुले नै गाईलाई तस्करीका लागिजम्मा गरेको हुन सक्छ ।’

फेला परेका २७ वटा गाईलाई तुलसी बहुउदेश्यीय गौशाला गोलौरामा हस्तान्तरण गरिएको छ । यसअघि पनि पश्चिम दाङमा गोरु तस्करी भईरहेको जानकारी पाए लगतै ४ वटै नाकामा निगरानी बढाएर नेपाल तरुण दलले दर्जन बढी गाई गोरुलाई उद्धार गरेको थियो ।

केही समयदेखि दाङ र देउखुरी उपत्यकामागाई गोरु तस्करीका घटनाहरु बढदै गएका छन् । स्थानीय प्रशासनले भने गाई गोरु तस्करी माथि निगरानी बढाई रहेको दावीगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे