प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै राष्ट्रिय जनमोर्चाद्धारा दाङमा विरोधसभा



प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै राष्ट्रिय जनमोर्चाद्धारा दाङमा विरोधसभा

घोराही ८ पुस । प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै आज राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुुरीले विरोधसभा गरेको छ । दाङको घोराहीकोमा बुधबार एक कार्यक्रमको आयोजना गरी विरोध सभा सम्पन्न गरेको हो ।

सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सुुरेश थापाले नेपालमा अहिले दुुरभाग्य घटना भएको र अब नेपाली जनताले यसको प्रतिकार र खबरदारी गर्ने समय आएको बताए । जनताको पक्षमा भन्दा पनि आफ्नो उद्धेश्य प्राप्तीको लागी राजनितिमा लडाई चलिरहेको उनले आरोप लगाए ।

 

 

त्यसैगरी सभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष गणेश आचार्यले आफ्ना मान्छेलाई नेतृत्वमा लैजान केपी शर्मा ओलीको जुन कदम छ त्यो निकै निन्दनिय रहेको बताए । कार्यक्रमको सहजिकरण राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङका सदस्य शुसिल पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे