तत्काल रेशम चौधरीलाई रिहा गरेर राजनीतिक सहमति खोज्न जसपा अध्यक्ष यादवको माग



तत्काल रेशम चौधरीलाई रिहा गरेर राजनीतिक सहमति खोज्न जसपा अध्यक्ष यादवको माग

देउखुरी टुडेकर्मी, लमही ५ पुस ।

जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रेशम चौधरीलाई रिहा गरेर राजनीतिक समाधान खोजिनु पर्ने बताएका छन् । ‘रेशम चौधरीको मुद्धालाई राजनीतिक हल गरिनु पर्छ, यदि रेशम चौधरीलाई रिहाई गरिएन भने हाम्रो बिद्रोह पनि रोकिने छैन यादवले भने’ । आईतबार देउखुरीको लमहीमा देउखुरी टुडे संचार प्रालि भालुवाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले वर्तमान सरकार भ्रष्टाचारलाई ढाकछोप गर्नमै व्यस्त रहेको आरोप लगाएका हुन् ।

‘दुई तिहाईको दम्भमा ओली सरकार मानसिक सन्तुलन गुमाई सकेको छ, जनताको अपार माया पाएर पनि सत्तामा पुगेपछि आफ्नो नैतिक जिम्मेवारी भुली सकेको छ यादवले भने’ । कुनै पनि मुलुककोराजनीतिक घटनाक्रमका समाधान राजनीति नै हुनु पर्ने बताउदै उनले राजनीतिक घटनाक्रमलाई अपराधिक रंग दिएर जेलमा हाल्ने, हो भने कुनै पनि हालतमा समाधान नहुने अध्यक्ष यादवको भनाई छ ।

सरकार गलत दिशा तर्फ अघि बढेको छ, बिगतका घटना हेर्ने हो भने टाउकाको मूल्य तोकिएकै हो, राजतन्त्रका बेला रामराजा प्रसाद सिंहलाई त सर्बोच्चले फाँसीको सजाय घोषाणा गरेको स्मरण गर्दै धेरै मान्छे कैयौं वर्ष जेल जीवन बिताएका थिए । के त्यति गरेर पनि के राजनीति अभिष्ट पुरा भयो त ? के राजतन्त्र टिक्यो त ? उनले प्रश्न गरे । जब सम्म असमानता र विभेद रहन्छ तब सम्म यस्तै बिद्रोह चलिरहने समेत यादवले बताए । मलाई थुनेर मधेसको मुद्दालाई ब्युताउन खोजेका थिए झन् ठुलो विस्फोट हुन् गयो उनले भने ।

देउखुरी टुडे संचार प्रालिका अध्यक्ष तथा देउखुरी टुडे डटकमका सम्पादक होमप्रसाद शर्माको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला शाह, पत्रकारहरु दशरथ घिमिरे, दिवाकर पोख्रेल, प्रियास्मृति गजमेयर, शिबु खनाल, भानु जोशी र टेकबहादुर पुन लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन प्रालिका अध्यक्ष तथा देउखुरी टुडे डटकमका प्रधानसम्पादक सन्तोषकुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे