LISTEN LIVE RADIO

ग्लोबल मनि विकको अवसरमा देउखुरी बैकर्सद्वारा प्रभातफेरि



ग्लोबल मनि विकको अवसरमा देउखुरी बैकर्सद्वारा प्रभातफेरि

दाङ १० चैत । ग्लोबल मनि विकको अवसरमा देउखुरी बैकर्सले शुक्रबार लमहीमा प्रभात फेरि कार्यक्रम समपन्न गरेको छ।

बिहान ८ बजेको समयमा लमहीको बसपार्कबाट सुरु भई लमही बजारको विभिन्न ठाउँमा बजार परिक्रमा गरेर उक्त कार्यक्रम बसपार्क पुगेर कोण सभामा परिणत भएको थियो । ग्लोबल मनि विक २०२४ को नारा “प्रोटेक्ट योर मनि सेक्युर योर फिउचर” लाई मध्य नजर गर्दै बित्तिय साक्षरता सम्बन्धी जानकारी र कर्जा सम्बन्धि विभिन्न किसिमका चेतनामुलक सन्देश प्रबाह गरेको थियो ।

हरेक बर्ष मार्च महिनामा मनाइने यो ग्लोबल मनि विक कार्यक्रम १२ औं संस्करण हो । पछिल्ला केही बर्ष देखि बालबालिका तथा युवा बर्ग लक्षित यो कार्यक्रम बालबालिका तथा युवापुस्ताहरुलाई आर्थिक हिसाबले कसरी अब्बल बनाउने भन्ने बिषयमा एकदमै जोड दिइरहेको छ ।

आफुले कमाइएको रुपैयाँ पैसालाई आवश्यक रुपमा मात्र खर्च गर्ने फजुल खर्च एकदमै कम गर्ने र बाँकी रहेको रकमलाई बचत गरि उक्त बचतलाई पनि भबिस्यमा बढी भन्दा बढी प्रतिफल हुने ठाउँमा लगानी कसरी गर्ने भन्ने बारेमा आर्थिक क्रियाकलाप सम्बन्धि जानकारी प्रदान गर्ने गरेको छ । यस कार्यक्रमको मुख्य उदेश्य नै बित्तीय कारोबार सम्बन्धि जानकारी प्रदान गर्नु हो र भबिस्यमा आउने आर्थिक समस्या र चुनौतिलाइ समाधान गर्नु पनि हो भन्ने सन्देश दिने गर्दछ ।

कार्यक्रममा देउखुरी क्षेत्रमा रहेका राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्यरत बैंकका शाखा प्रबन्धक र कर्मचारीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । उक्त कार्यक्रममा सांग्रीला विकास बैंक गढवा शाखाका प्रबन्धक तेजबहादुर नेपाली, माछापुच्छ्रे बैंक लमही शाखाका प्रबन्धक दिनेश बोहरा, कृषि बिकास बैंक लमहीका शाखाका प्रबन्धक तिर्थराज पण्डित र ग्लोबल आईएमई बैंक लमही शाखाका शाखा प्रबन्धक रेणु घिमिरेले सम्बोधन गरेका थिए । उक्त कार्यक्रमलाई हिमालयन बैंक लिमिटेड लालमटिया शाखाका अपरेसन इन्चार्ज सन्तोष कुँवरले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे