LISTEN LIVE RADIO

घोराहीकाे बाल मन्दिर विद्यालयको अध्यक्षमा बुढाथोकी र शिअसंको अध्यक्षमा शाह चयन



घोराहीकाे बाल मन्दिर विद्यालयको अध्यक्षमा बुढाथोकी र शिअसंको अध्यक्षमा शाह चयन
घोराही १८ फागुन । घोराही १४ मा रहेको बाल मन्दिर आधारभुत विद्यालयको अभिभावक भेला सम्पन्न गरिएको छ । ज्येष्ठ अभिभावक सदस्य तुल्सा विकको अध्यक्षता तथा वडा अध्यक्ष भानसिं बुढाको प्रमुख आतिथ्य एवं उपमहानगरको शिक्षा शाखा अधिकृत नारायण पौडेलको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको अभिभावक भेलाले विद्यालय व्यस्थापन समितीको नयाँ कार्यसमिती चयन गरेको छ ।
नरबहादुर बुढाथोकीको अध्यक्षतामा ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिती गठन गरिएको छ । यस्तै अर्जुन शाहको अध्यक्षतामा ९ सदस्यि नयाँ शिक्षक अभिभावक संघ गठन गरिएको हो । शिक्षक पुष्पा न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक बालिका डिसीले गरेकी थिइन् । कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष भिमवहादुर बुढा र प्रधानाध्यापक विष्णु भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे