LISTEN LIVE RADIO

अपांगता भएकाहरुको अधिकारका बारेमा सचेतना



अपांगता भएकाहरुको अधिकारका बारेमा सचेतना

गढवा ९ माघ । गढवा गाउँपालिका वडा नम्बर ५ को आयोजना र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सह–आयोजनामा अपांगता भएका नागरिकहरुलाई उनीहरुका अधिकारका बारेमा सचेतना तालिम प्रदान गरिएको छ । पुस्तकालयका उपाध्यक्ष नारायण प्रसाद पण्डितको अध्यक्षता र वडा अध्यक्ष लेख बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले अपांगता भएका कैयन नागरिकहरु राष्ट्रमा महत्वपुर्ण स्थानमा पुगेको र उल्लेख्य कामहरु समेत गरेको बताउदै अवसर पाएमा अपांगता भएका ब्यक्तिहरुले धेरै गर्न सक्ने धारणा राखे । अपांगता भएका नागरिकहरुलाई घर परिवार समाज र राज्यले बोझ नसंझेर उनीहरुको अधिकारका लागि उचित सम्मान गर्नुपर्ने अध्यक्ष थापाले बताए । तदनुरुप गढवा ५ ले पनि अपांगता भएका नागरिकहरुको क्षमता बिकासका लागि बिभिन्न योजनाहरु बनाएर काम गरिरहेको उनले बताए ।

कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका सल्लाहकार कमल गौतमले अपांगताका प्रकार, स्थानीय सरकारले दिने सेवा सुविधाहरु, उनीहरुको हक अधिकार र कानूनी प्रावधान तथा सामाजिक सुरक्षा र परिचय पत्र आदिका बारेका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा सदस्यहरु पल्टुराम चौधरी, नरेश चौधरी, दलित शसक्तिकरणका अभियन्ता जया बिश्वकर्मा, पत्रकार दुखहरण यादव र शिबराज पन्थी लगायतले बोलेका थिए । उक्त कार्यक्रमका लागि सामुदायिक पुस्तकालयको ३० प्रतिशत लागत सहभागिता र वडा कार्यालयको ७० प्रतिशत आर्थिक सहयोग रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे