LISTEN LIVE RADIO

दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ ९ माघ । दाङमा एम्बुलेन्सले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर निवासी ४५ वर्षीय पूर्ण पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रा ६ प ८९८५ नं. को मोटरसाइकलमा सवार मगरलाई गएराती ९ बजेको समयमा रोल्पाबाट घोराही तर्फ आउँदै गरेको रा १ झ १९७ नं. को एम्बुलेन्सले घोराही १३ दारेबोटमा ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा पठाइएको थियो । भैरहवामा उपचारको क्रममा उनको सोमबार बिहान २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिए । एम्बुलेन्स चालककलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे