LISTEN LIVE RADIO

पब्लिक एजुकेशन एकेडेमी लालमटियाकाे मणिभ उत्सव : आज दाेस्राे दिन रक्तदान सम्पन्न, खेलकुद शुरु



लालमटिया ८ माघ । देउखुरीको राप्ती गाउँपालिका—२ लालमटिया स्थित पब्लिक एजुकेशन एकेडेमीले आफ्नो मणिभ उत्सवको दोस्रो दिन नेपाल रेडक्रस सोसाइटी रक्त संञ्चार सेवा केन्द्र घोराही दाङको प्रबिधिक सहयोगमा रक्तदान तथा खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।

एकेडेमीले शनिवार देखि ६ दिन सम्म आफ्नो १५ औ वार्षिकोत्सवलाइ ‘मणिभ उत्सव’ को रुपमा मनाउन सुरु गरेको छ । एकेडेमीले माघ ७ गते देखि १२ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी ‘मणिभ उत्सव’ मनाउन शुरु गरेकाे हाे ।

सोही अवसरमा एकेडेमीले ‘मणिभ उत्सव’का रुपमा माघ ८ गते रक्तदान कार्यक्रम गरेको हो । उक्त रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । दाङमा पछिल्लो समयमा देखिएको रगत अभावलाई कम गर्न रक्तदान कार्यक्रम गरिएको एकडेमीका प्रिन्सीपल बिक्रान्त ज्ञवालीले जानकारी दिए ।

एकेडेमीका विद्यालय ब्यबस्थापन समिति अध्यक्ष हिमानन्द पाण्डेको अध्यक्षतामा भएको कायक्रममा बल्ड बैंक घोराहीका ईन्चार्ज दिलीप न्यौपाने, विद्यालय संचालक समितिका अध्यक्ष जिबराज शर्मा, रेडक्रस सोसाइटी उपशाखा लालमटियाका अध्यक्ष किरण भण्डारी, रक्तदान कार्यक्रम संयोजक प्रमोद पौडेल लगायतले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

रक्तदान कार्यक्रममा बल्ड बैंक घोराहीको ईन्चार्ज दिलीप न्यौपाने, प्रविधिक ठाकुर पौडेल, लमही रक्त सञ्चार सेवा केन्द्रकी प्रमुख मनिसाचन्द ठकुरी, सोही केन्द्रकी प्राविधिक सिमा ओली र दिलिप चौधरीको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रममा बिद्यालयका पदाधिकारीहरु, शिक्षक, शिक्षिका र विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बिद्यालयका प्रधानाध्यापक विक्रान्त ज्ञवालीले गरेका थिए ।

यस्तै बिद्यालयले आइतबार नै खेलकुद सप्ताहको पनि उद्घाटन गरिएका छ । बिद्यालयको मणिभ उत्सवको अबसरमा बिद्यालयले आईतबार देखि छात्रछात्रा दुबैतर्फको बिभिन्न खेलकुद प्रतियोगिता समेत शुरु भएको छ । खेलकुद सप्ताह माघ १० गते सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे