LISTEN LIVE RADIO

दाङमा बैंककाे चर्काे ब्याजदर विरुद्ध उद्योग वाणिज्य संघहरुकाे हस्ताक्षर संकलन



दाङ १५ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघ सहित जिल्लाका सवै उद्योग वाणिज्य संघहरुले बैंकले वृद्धि गरेको ब्याजको बिरोधमा शुक्रवार हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् ।

यस्तै राप्ती उद्योग वाणिज्य संघ भालुवाङले भालुवाङ क्षेत्रमा र  दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीको तुलसीपुर चोकमा हस्ताक्षर संकलन सुरु गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट वृद्धि भएको ब्याज तथा नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा निर्देशिकाको विरोधमा हस्ताक्षर कार्यक्रम सुरु गरेको आयोजकले बताएको छ । उक्त कार्यक्रममा बजारमा भएका व्यवसायीहरुले हस्ताक्षर गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे