LISTEN LIVE RADIO

लमहीमा ३ महिने मोबाइल मर्मत तालिम सुरू



लमहीमा ३ महिने मोबाइल मर्मत  तालिम सुरू

लमही १० वैशाख । देउखुरीको लमहीमा ३ महिने मोबाइल मर्मत सम्बन्धि तालिम शनिबार देखि सुरू भएको छ । लमही नगरपालिकाको आर्थिक सहयोग तथा देउखुरी मोबाइल व्यवसायी संघको आयोजनामा तालिम सुरू भएको हो ।

जनतासंग मेयर कार्यक्रम अन्तरगतद्वारा संचालन भएको ३ महिने तालिमलाई विधिवत रुपमा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गरेका हुन् ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले समयको दौरान संगै अहिलेको विशेष आवश्यकतालाई मध्यनजर गरेर देउखुरी मोबाइल व्यवसायी संघ मार्फत लमही नगरपालिकाले जनतासंग मेयर कार्यक्रमद्वारा संघमा आबद्ध व्यवसायीकर्मीहरुलाई मोबाइल मर्मत तालिमबाट स्वरोजगार बनाउन थालिएको बताए ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि भिम भुसालले देउखुरी मोबाइल व्यवसायी संघ एउटा व्यापार र व्यवसायीहरुको हकहितका लागि मात्र नभएर समाजिक कार्यमा पनि अग्रसर भएर कार्य गरिरहेको बताए ।

संघले विशेष गरी आफ्नो स्थापनाकाल देखि नै समाजमा बसोबास गर्ने निम्न वर्ग जो आफ्नो उपचार आफै गर्न नसक्ने स्थिति भएका ती ब्यक्तिहरुलाई उपचार गर्न आर्थिक सहयोग देखि लिएर आफ्नो संघमा आबद्ध व्यवसायीकर्मीलाई माथि उकास्न आर्थिक तथा सामग्रीहरु सहयोग गर्दै आइरहेको बताए ।

त्यस्तै वर्तमान अध्यक्ष बिजय सिंह ठकुरीले संघमा आबद्ध पदाधिकारीहरुले सफ्टवेयर जानेको भएपनि हार्डवेयर नजान्ने भएको हुँदा उनीहरुलाई सीपमूलक तालिम मार्फत उक्त सीप सिकाउने उदेश्यले लमही नगरपालिका संग समन्वय गरेर सो तालिम प्रदान गर्न खोजेको बताए ।

संघका अध्यक्ष बिजय सिंह ठकुरीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यता एवं संघका संस्थापक अध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार भिम भुसालको विशिष्ट आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा संघका उपाध्यक्ष दिनेश भण्डारी र संघका लमही नगरका इन्चार्ज माधव भुसालले अतिथिहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

तीन महिने तालिममा २० जनाको सहभागीता रहेको छ भने तालिमको प्रशिक्षकमा टोपलाल भुसाल र जिबराज खड्का रहेका छन् । तालिम आइतबार बिहान ७ बजे देखि १० बजे सम्म दैनिक रुपमा ३ घन्टा चल्ने जनाइएको छ ।

संघका प्रबक्ता टोपलाल भुसालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन संघका वरिष्ठ उपाध्यक्ष राजु गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे