नारायणपुर ट्राफिक प्रहरी प्रमुख महराको सक्रियतामा सडककाे खाडल पुरियो



नारायणपुर ट्राफिक प्रहरी प्रमुख महराको सक्रियतामा सडककाे खाडल पुरियो

कमल ओली, घोराही १३ कार्तिक  ।

घोराही तुल्सीपुर सडक खण्ड अन्र्तगत पर्ने पत्रे खोलामा नारायणपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक बिबेक महराको नेतृत्वमा खाडल पुरिएको छ । बर्खाको समयमा परेको खाडलले साना तथा ठुला सवारी साधनहरुले सास्ती खेप्दै आएका कारण आज ब्यत्तिगत प्रयासमा खाडल पुरीएको प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक महराको भनाई रहेको छ ।

सडक दुर्घटना न्युनिकरण गर्नका लागी नारायणपुर क्षेत्रका बिभिन्न ठाउँमा परेका खाल्डा खुल्डी नारायणपुर ट्राफीक प्रहरीले पुर्दै आयको छ । खाडल पुर्णका लागी स्थानीय तह र नारायणपुर ट्राफीक प्रहरीको समन्वयमा खाडल पुरीएको बबई खबर सँग महराले भने ।

सोही खोलामा पुल निर्माण गर्ने क्रममा परेको खाडल हो न त पुल निर्माण भयो छ न त खाडल पुरीएको छ भन्दै सवार यात्रुहरुले गुनासो गर्दै आयका कारण आज खाडल पुरिएको महराको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे