विजयादशमीको अवसरमा सिसहनियाँ बजार सरसफाई



विजयादशमीको अवसरमा सिसहनियाँ बजार सरसफाई

ओमप्रकाश गुप्ता, सिसहनियाँ ८ कार्तिक विजयादशमीको अवसरमा दाङ देउखुरीको सिसहनियाँ बजार शुक्रबार सरसफाई गरिएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको अायोजनामा प्रहरी चौकी सिसहनियाँ र थानेश्वर अटो यातायातका मजदुरको सक्रियतामा विहान  सिसहनियाँ बजारमा सरसफाई गरिएको हो ।बजार फोहोर हुन थालेपछि बजारलाई सफा सुन्दर बनाउन  सरसफाई गरिएको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् ।

सरसफाई कार्यक्रममा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, प्रहरी चौकी सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक बत्तीकुमार पोख्रेल, देउखुरी टुडेका प्रकाशक/ सम्पादक सन्तोषकुमार गुप्ता, चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता, प्रहरी जवानहरू, यातायात मजदुरहरू र स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे