LISTEN LIVE RADIO

दाङमा बालिका बलत्कार गरेको आरोपमा एक जना पक्राउ



दाङमा बालिका बलत्कार गरेको आरोपमा एक जना पक्राउ

घोराही २२ मंसिर । दाङमा ५ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१२ का एक पुरुष रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घटना मंगलवार दिउँसो भएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । बालिकाको स्वास्थ्य परिक्षण समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे