LISTEN LIVE RADIO

दाङकाे तुलसीपुरमा श्रीमतीद्वारा श्रीमानको हत्या



दाङकाे तुलसीपुरमा श्रीमतीद्वारा श्रीमानको हत्या

तुलसीपुर १३ भदौ । दाङको तुलसीपुरमा श्रीमतिले श्रीमानको हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सुन्दर टोल निवासी ५६ बर्षीया देबीकुमारी योगीले आइतबार बिहान २ बजेतिर ७८ बर्षीय श्रीमान खिमलाल पुरीको हँसिया र बाँसको चिर्पट प्रहार गरि हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले हात र कुहिनोमा हँसिया प्रहारबाट गहिरो घाउ चोट लागेको हुँदा समयमै अस्पताल नल्याउँदा अत्यधिक रक्तश्रावको कारण पुरीको मृत्यु भएको देखिन आएको जानकारी दिए । डिएसपी अर्यालले पुरीको एउटा दाँतपनि भाँचिएको अवस्था रहेको बताए ।

श्रीमानको हत्या अभियोगमा पक्राउ परेकी उनकी श्रीमति योगीले प्रहरी समक्ष श्रीमानले अत्यधिक मदिरा सेवन गर्ने गरेको र त्यस दिनपनि अत्यधिक मदिरा सेवन गरि लगाएको कपडामा दिशा पिशाब गरेपछि आक्रोसमा आएर आँफुले आक्रमण गर्दा मृत्यु हुन गएको बयान गरेकी छन् ।

‘ श्रीमानले लगाएकै कपडामा दिशा पिशाब गरेको देखेर मलाई धेरै रिस उठ्यो र त्यसपछि मैले सुरुमा हँसिया र त्यसपछि बाँसको चिर्पटले आक्रमण गर्दा उहाँको मृत्यु हुन पुग्यो,’ योगीको भनाई उद्धत गर्दैै डिएसपी अर्यालले भने ।

यद्यपी योगीले श्रीमानको मृत्यु पछि प्रहरीलाई आफ्ना श्रीमनको मृत्यु भएको भन्दै खबर गरेको प्रहरीले जनाएको छ । तर, घटनास्थल पुगेको प्रहरीले घटनास्थलको प्रकृति र मृतकको घाउ खत देखेपछि तत्काल मृतककी श्रीमति योगीलाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि उनले प्रहरी समक्ष आफ्नो हँसिया प्रहार बाट श्रीमानको मृत्यु भएको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुका छोरा बिदेशमा रहेको, बुहारी छुट्टै बस्ने गरेको हुँदा घरमा पुरीका श्रीमान÷श्रीमति मात्रै बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे