LISTEN LIVE RADIO

कर्तव्य ज्यान मुद्धाका फरार दाङका एक व्यक्ति पक्राउ



कर्तव्य ज्यान मुद्धाका फरार दाङका एक व्यक्ति पक्राउ

घाेराही २ भदौ । दाङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ । सर्वोच्च अदालतले २०७५ माघको २९ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसता भै फरार रहेका घोराही उपमहानगरपालिका १४ रतनपुर झिगौरा निवासी ५० वर्षिय रामबहादुर चौधरीलाई मंगलबार दिउँसो ४ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनलाई घोराही १४ मा लुकिछिपी बसीरहेको अवस्थामा फेला पारी पक्राउ गरी बुधबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे