कोरोना अस्पताल बेलझुण्डीमा तुलसीपुर उबासघले भिजिटरकक्ष निर्माण गर्दै



कोरोना अस्पताल बेलझुण्डीमा तुलसीपुर उबासघले भिजिटरकक्ष निर्माण गर्दै

तुलसीपुर २३ बैशाख । कोरोना अस्पताल बेलझुण्डीमा तुलसीपुर उधोग बाणिज्य सघंले भिजिटरकक्ष निर्माण गर्ने भएको छ । बिरामीका कुरुवाहरु बस्ने ठाउ नभएर चर्को घाम र खुल्ला चौरमा बस्नु परेपछि ब्यबस्थापक दोर्ण वलिको आग्रहमा पचास थान कुर्सी सहितको त्रिपाल लगाएर भिजिटर कक्ष निर्माण गर्न लागेको महासचिब बिनिल केसीले जानकारि दिए ।

बिहाबार बाणिज्य सघंको अनलाईन बसेको बैठकले सो निर्णय गरेको हो । त्यस्तै बाणिज्य सघंका पुर्ब अध्यक्ष बिमल रिजालको पहलमा नेपाल उधोग बाणिज्य महासघंका पुर्ब अध्यक्ष पशुपति मुरार्का मार्फत सिलिण्डर सहितको अक्सिजन स्थानिय तुलसीपुर उपमहानगरपालिकाले निर्माण गर्न लागेको ५० बेडको आईसुलेसन सेण्टरमा सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालमा शैया पाउन कठिन भैरहेकोले यस क्षेत्रका आम उधोगी ब्यबसायीहरुलाई सहजरुपमा उपचार गर्ने वातावरण मिलाउन दोघर्यमा रहेको बाणिज्य सघको सभाहललाई आइसोलेसन स्थापना गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले निजि क्षेत्रका ब्यबसायिहरु जस्तै दिनरात कोरोना महामारीमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतका फ्रन्टलाइनरहरुलाई पनि आइसोलेसन अभाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक पर्ने बित्तिकै सभाहललाई आइसोलेसनका लागि उपयोग गर्न स्थानिय तहलाई दिने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले यस क्षेत्रका आम उधोगी ब्यबसायिहरुमा केहि स्वास्थ्य सम्बन्धि समस्या पर्न गएमा तत्काल बाणिज्य सघंको सचिबालय वा पदाधिकारि, सदस्यहरुलाई सम्पर्क गर्न समेत आब्हान गरेको छ ।

सो अबसरमा पुर्ब अध्यक्ष बिमल रिजाल, बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, उपाध्यक्ष ललितजग शाह, सल्लाहकार, अनुपकुमार श्रेष्ठ, प्रेस सल्लाहकार शरद रेग्मी, कोषाध्यक्ष देबबहादुर केसी, सचिब खुशलराम शर्मा, सदस्यहरु दिपेश भण्डारी, रुपेश शर्मा, मदन केसी र पवन केसी लगायतले तत्काल मानवीय सेवामा खटन आफुहरु जतिबेला पनि तयारी अबस्थामा रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे