LISTEN LIVE RADIO

अखिल छैठौ दाङको जिल्ला सम्मेलन जेठ १ गते हुने



अखिल छैठौ दाङको जिल्ला सम्मेलन जेठ १ गते हुने

दाङ २९ चैत्र । राष्ट्रिय जनमोर्चाको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को १६ औं जिल्ला सम्मेलन जेठ १ गते घोराहीमा हुने भएको छ ।

संगठनका जिल्ला अध्यक्ष धुव्र बेल्वासेको अध्यक्षता एवम् छैठौंका केन्द्रिय सदस्य बसन्त अचायको प्रमुख आतिथ्यता र छैठौका लुम्बिनी प्रदेश सदस्य रिसव आचार्य तथा राजमो जिल्ला अध्यक्ष गणेश आचार्यको विशिष्ट आतिथ्यतामा शनिबार लमहीमा बसेको जिल्ला समितिको पाँचौं पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

“संघियता, भ्रष्टाचार, शैक्षिक निजीकरणको भण्डाफोर, सर्वसुलभ र जनमुखी शिक्षामा हाम्रो जोड भन्ने मुल नाराका साथ कोरोना महामारीलाई ख्याल गरी प्रतिनिधित्वमुलक सम्मेलनको आयोजना गरिएकोे संगठनले जनाएको छ ।

सम्मेलनका लागि धुब्र बेल्बासेको संयोजकत्वमा रहेको ७ सदस्यीय मूल कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यमा दिनेश रैदास, लक्ष्मण विश्वकर्मा, सरिता पुन, राजकुमारी चौधरी, शरदराज शर्मा र मधुकर पुन रहेका छन् ।

त्यसै गरी स्थल व्यवस्थापनको लागि दिनेश रैदासको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यमा मधुकर पुन, सुनिता आचार्य, पारस बुढाथोकी लगायत रहेका छन् ।

त्यसै गरी सम्मेलन सफल पार्न पालिका स्तरीय इन्चार्ज समेत तकिएको छ । जस अनुसार घोराही उपमहानगरपालिकामा दिनेश रैदास, तुलसीपुर उपमहानगरपालिकामा राजकुमारी चौधरी, लमही नगरपालिकामा बसन्त आचार्य, बबई गाउँपालिका, दंगिशरण गाउँपालिका, शान्तिनगर गाउँपालिकामा ध्रुव बेल्बासे, बंगलाचुली गाउँपालिकामा भुमा बुढा, गढवा गाउँपालिकामा सरोजराज शर्मा, राजपुर गाउँपालिकामा दिनेस रैदास र राप्ती गाउँपालिकामा ध्रुव बेल्बासे तथा सरिता पुन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे