प्रधानमन्त्री ओलीले आज कोरोना विरुद्धको खोप लगाउँदै



प्रधानमन्त्री ओलीले आज कोरोना विरुद्धको खोप लगाउँदै

काठमाण्डाै २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाविरुद्धको खोप लगाउँदै छन् । ओलीले खोप लगाएपछि आज दोस्रो चरणको खोप अभियानको सुरुवात हुनेछ । खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुग्ने कार्यक्रम छ । दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका ७० वर्षका प्रधानमन्त्री ओली उमेर समूहका दृष्टिले पनि कोरोना भाइरसको जोखिम समूहमा पर्नुहुन्छ ।

प्रधानमन्त्री ओलीलाई खोप लगाउँदा कुनै खतरा नहुने विज्ञले बताएका छन् । कोरोनाको खोपबारे केही अन्याेल देखिएकाले ज्येष्ठ नागरिकलाई हाैसला र प्रोत्साहन दिनका लागि प्रधानमन्त्री ओलीले खोप लगाउन लागेका हुन् । यस  अघि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख अग्निप्रसाद सापकोटा, नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले खोप लगाइ सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे