घोराही उपमहानगरपालिकाले स्थानीयलाई आयोडिन नुनको महत्व बुझाउदै



घोराही उपमहानगरपालिकाले स्थानीयलाई आयोडिन नुनको महत्व बुझाउदै

घोराही १५ फागुन। स्वास्थ्यका लागि आयोडिन नुनको महत्व र आबस्यकताका बारेमा घोराही उपमहानगरपालिका वडा नम्बर ११ बाँसगजेरीका सुनौलो हजार दिनका आमाहरुलाई जानकारी गराईएको छ ।

घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रर्बद्धन शाखा, सुआहारा र साल्टट्रडिङ कर्पोरेशन लिमिटेड दाङ शाखाले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरि गर्भवती भए पछिका एक हजार दिने आमाहरुलाई आयोडिन नुन प्रदान गर्दैै यसको महत्वका बारेमा जानकारी गराईएको छ ।

शरिरलाई आबस्यक पर्ने आयोडिन नुनको अभाबले शरिरीक र मानसिक अबस्थामा पार्ने असरका बारेमा जानकारी गराउदै सुत्केरीहरुलाई पोषक खाद्य सामाग्रिहरु समेत प्रदान गरिएको छ ।

वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामीछानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले आयोडिन नुनको सेवनमा सबैको पहुँच पुगेको तर महत्व नबुझेको बताए । सबै दुई बालबालिकाको चित्र भएको पोकामा रहेको आयोडिन युक्त नुनको प्रयोग गर्न समेत सबैलाई उनले आग्रह गरेका छन ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, साल्ट ट्रेडिङका प्रमुख आनन्दकुमार न्यौपाने, शिबपुर शहरी स्वास्थ्य केन्द्रका प्रमुख तुलाराम रानाले आयोडिन नुनको महत्वका बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे