राष्ट्रिय जनमोर्चा दाङका पूर्व जिल्ला सदस्य बिकको निधन, पार्टीको झण्ड ओढाएर सम्मान



राष्ट्रिय जनमोर्चा दाङका पूर्व जिल्ला सदस्य बिकको निधन, पार्टीको झण्ड ओढाएर सम्मान
घाेराही ११ फागुन । राष्ट्रिय जनमोर्चा दाङ पूर्व जिल्ला सदस्य सन्तबहादुर बिकको निधन भएको छ । लामाे समय देखि दम, प्रेसर र लिभरको समस्या भएका बिक को घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार गरिएको थियोे । उपचारको लागि अथक प्रयास गर्दा पनि बचाउन नसकिएको राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले बताए ।
घोराही उपमहानगरपालिका वडा नम्बर १ काडाखुट्टी निबासी बिकको आजै स्थानीय घाटमा अन्त्यस्टी गरिएको छ । अन्त्यस्टी पुर्ब राष्ट्रिय जनमोर्चाले पार्टीको झन्डा ओढाएर सम्मान गर्नुका साथै श्रद्धाञ्जली समेत गरेको छ । नेपाल कम्युनिस्ट पार्टी मसालका सदस्य समेत रहेका बिकलाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले कम्युनिस्ट पार्टीको झन्डा ओढाइ श्रद्धाञ्जली मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष रामबहादुर जिएमले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे