राप्ती-५ करङ्गेकाेटमा शनिबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने



राप्ती-५ करङ्गेकाेटमा शनिबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

भालुवाङ १८ साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकाेटमा शनिबार (भोलि) विशेषज्ञ सेवा सहितको एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नवनिर्मित करङ्गेकाेट सामुदायिक स्वास्थ्य इकाईकाे भवनमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमर्जेन्सी विभाग प्रमुख एमडिजिपी डाक्टर उमाकान्त तिवारी सहितको दक्ष स्वास्थ्यकर्मीहरुद्वारा बिरामीहरुकाे स्वास्थ्य चेकजाँच गरिनुका साथै नि:शुल्क औषधि समेत वितरण गरिने शाखा प्रमुख राउतले जानकारी दिए । शिविर बिहान ११ बजेदेखि सञ्चालन हुने बताइएको छ।

शनिबार नै नवनिर्मित करङ्गेकाेट सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गरिदै यसैबीच शनिबार नै नवनिर्मित करङ्गेकाेट सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गरिने भएको छ। प्रदेश सरकार र गाउँपालिकाकाे ११ लाख बढी लागतमा निर्माण सम्पन्न भएको उक्त स्वास्थ्य इकाई भवनको पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले उद्घाटन गर्ने भएका छन्। विकट गाउँका नागरिकहरुलाई गाउँमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले निर्माण भएको स्वास्थ्य इकाई भवनको उद्घाटन सँगै विशेषज्ञ सेवा सहितकाे नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएकाेले शिविरमा सहभागि भई स्वास्थ्य लाभ लिन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सबैलाई आह्वान समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे