LISTEN LIVE RADIO

हात्तीपाइले रोग निवारण अभियानमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दाङको राप्ती गाउँपालिका सरकारबाट सम्मानित



हात्तीपाइले रोग निवारण अभियानमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दाङको राप्ती गाउँपालिका सरकारबाट सम्मानित

दाङ २१ चैत । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानमा उत्कृष्ट कार्यसम्पादन गरेको दाङको राप्ती गाउँपालिका सरकारबाट सम्मानित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पालिकालाई सम्मान गरेको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई सम्मानपत्र हस्तान्तरण गरे ।

सम्मानपछि गाउँपालिका अध्यक्ष विष्टले आफूहरुले गरेको मिहिनेतको कदर गरेकोमा मन्त्रालयप्रति आभार व्यक्त गर्दै जनताको सेवामा खटिरहन थप उत्साह प्राप्त भएको बताए ।स्वास्थ्यकर्मीसमेत रहेका गाउँपालिका अध्यक्ष विष्टका अनुसार हाल राप्ती गाउँपालिकाले भालुबाङ र सिसहनिया स्वास्थ्य चौकीबाट २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध गराइरहेको छ ।

साथै प्रत्येक वडामा ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुका लागि विशेषज्ञ डाक्टरबाट नसर्ने रोगको स्क्रिनिङ घुम्ती शिविर पनि सन्चालन गर्दै आएको छ । पालिकाले १५ शय्याको आधारभूत अस्पताल पनि सन्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे