LISTEN LIVE RADIO

देउखुरीको वनगाउँमा दुई बस ठोक्किदा १३ जना यात्रु घाइते



देउखुरीको वनगाउँमा दुई बस ठोक्किदा १३ जना यात्रु घाइते

लमही २१ चैत । देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन ।

लमही नगरपालिका -३ वनगाउँमा दुईवटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिएका छन् ।

बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोकिएका थिए । दुर्घटना दुबै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ । सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे