LISTEN LIVE RADIO

राप्ती फिडले दियो प्रस्तावित भालुवाङ अस्पताललाई ३ थान एसी



राप्ती फिडले दियो प्रस्तावित भालुवाङ अस्पताललाई ३ थान एसी

भालुवाङ १५ भदाै । दाङको राप्ती गाउँपालिका-१ भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चाैकी तथा प्रस्तावित भालुवाङ अस्पताललाई ३ थान एसी प्रदान गरिएको छ ।

राप्ती फिड इन्डष्ट्रिज प्रालिले शुक्रबार लालमटिया स्वास्थ्य चाैकी तथा प्रस्तावित भालुबाङ अस्पतालमा पुगेर २ लाख बराबरको ३ वटा एयर कन्डिसन (एसी) र इष्टपलाइजर प्रदान गरेको हो ।

प्रालिका संचालक जगतप्रसाद पोख्रेल, कृष्णप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद श्रेष्ठले संयुक्त रुपमा सो एसी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गेमे खड्का, उपाध्यक्ष रञ्जना सुनाम, राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउत र अस्पताल प्रमुख कृष्णप्रसाद श्रेष्ठलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा बिरामी तथा सुत्केरीहरूलाई सहज होस् भन्नका लागि एसी प्रदान गरेको प्रालिका सञ्चालक जगतप्रसाद पोख्रेलले जानकारी दिएका छन् । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गेमे खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भुवन भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे