LISTEN LIVE RADIO

आज हुने भनिएकाे राेक्का जग्गा फुकुवा भएन, अर्थमन्त्री सँग राप्तीका अध्यक्ष र उपाध्यक्षले गरे छलफल



आज हुने भनिएकाे राेक्का जग्गा फुकुवा भएन, अर्थमन्त्री सँग राप्तीका अध्यक्ष र उपाध्यक्षले गरे छलफल

देउखुरी १५ भदौ । भदाै १५ गते शुक्रवार हुने भनिएकाे राेक्का जग्गा फुकुवा नभएपछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले प्रदेश सरकारका अर्थमन्त्री तथा जग्गा फुकुवा कार्यदलका संयाेजक धनबहादुर मास्कीलाई भेटेका छन्।

मन्त्रालय गेटबाटै पालिकाकाे कामकाज शुरु गर्ने बताएपछि मन्त्री मास्कीले शुक्रबार अध्यक्ष विष्ट र उपाध्यक्ष चाैधरीलाई मन्त्रालयमै भेट गर्न बाेलाएका थिए । भेटमा अर्थमन्त्री मास्कीले राजधानी व्यवस्थापन र भविष्यमा बन्ने सुन्दर शहर निर्माण गर्ने कार्यमा कुनै असर नपुग्ने गरि विधि र प्रक्रिया पुर्याएर आफू र प्रदेश सरकार जग्गा फुकुवा गर्ने पक्षमै रहेको बताए । याे विषय सार्वजनिक विषय भएकाेले सर्वदलीय बैठक बसी निर्णय गर्नु पर्ने उनको भनाइ छ। हामी जग्गा फुकुवा गर्ने पक्षमै छाै – मन्त्री मास्कीले भने – शुक्रवार सर्वदलीय बैठक बसेर एउटा ठाेस निर्णय गर्ने भनेर बैठक बस्नका लागि पत्राचार समेत भइ सकेको थियो तर विपक्ष पार्टीको शनिवार देखि बुटवलमा प्रदेश स्तरीय कार्यक्रम भएकाले बैठक बस्न सकेन।” मन्त्री मास्कीले केही दिन भित्रै सर्वदलीय बैठक बसी जग्गा फुकुवा गर्ने विषयमा निर्णय गरी यसै महिना भित्रै जग्गा फुकुवा गरिने बताए ।

त्यस्तै उक्त भेट्मा मन्त्री मास्कीले पालिका अध्यक्ष विष्टलाई राजधानी ब्यबस्थापन कार्यमा स्थानीय सरकारले प्रदेश सरकारलाई पुर्ण रुपमा सहयोग गर्न आग्रह गरे । लामाे समय देखि जग्गा राेक्का हुदा यस क्षेत्रका नागरिकहरु निकै मर्का परेको भन्दै अध्यक्ष विष्टले तत्काल जग्गा फुकुवा गर्न मन्त्री मास्कीलाई आग्रह गरे । उता राेक्का जग्गा तत्काल फुकुवा गर्न माग गर्दै यस क्षेत्रका नागरिकहरुले सङ्घर्ष समितिनै गठन गरि चरणबद्ध आन्दोलनकाे घाेषणा समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे