LISTEN LIVE RADIO

दुबै मृगौला बिग्रिएपछि नरेन्द्र जिसीलाई उपचारमा समस्या, जीवन बचाई दिन अपिल



दुबै मृगौला बिग्रिएपछि नरेन्द्र जिसीलाई उपचारमा समस्या, जीवन बचाई दिन अपिल

भालुवाङ २० साउन । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ७ तुषारा काप्रेखोला निवासी ३५ बर्षका नरेन्द्रबहादुर जिसी लाउलाउ खाउ खाउकै उमेरमा आफ्नो दुबै मिगौला बिग्रिएपछि आफ्नो जीवन बचाईदिन सबैसँग अनुरोध गरेका छन् ।

आर्थिक अवस्था निकै कमजोर भएका चौधरीको ३ वर्ष पहिले मात्रै टिचिङ हस्पिटल काठमाण्डौंमा दुबै मृगौला बिग्रिएको पत्ता लागेको थियो । वैदेशिक रोजगारीका शिलशिलामा साउदी गएका बेला उनी विदेशबाटै बिरामी भएर स्वदेश फर्किएका थिए । विदेशमा खासै राम्रो उपचार नभएपछि उनी नेपाल फर्किएर काठमाण्डौं स्थित टिचिङ हस्पिटलमा उपचार गराउँदा त्यहाँ रोग पत्ता लागेको जिसीले बताए । डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको हुँदा आफु सँग भएको श्री सम्पत्ती सकिएकोले उपचारमा निकै समस्या भएको जिसीले बताउका छन् ।

आफ्नो उपचारमा हाल सम्म ८÷९ लाख रूपैयाँ खर्च भइसकेको उनले बताए । डाक्टरको सल्लाह बमोजिम हाल नरेन्द्रको लमहीमा डाइलेसिस भइरहेको छ । एक पटक डाइलेसिस गर्दा १५ सय देखि २५ सय रूपैयाँ सम्म खर्च हुने गरेको उनले बताए । करिव ७ वर्ष देखि विदेश बसेर आफ्नो गुजारा चलाउँदै आएको नरेन्द्र आफै बिरामी भएपछि परिवार बिचल्लीमा परेको छ । घरमा कमाउने मान्छे कोही नभएपछि केटाकेटीलाई समेत पढाउन गाह्रो भएको उनले बताए ।
२, ८ र १० वर्षका केटाकेटीलाई पढाउन समेत नसक्ने अवस्था आएको र कमाउने मान्छे नै थला परेपछि आफुले केही सोच्न समेत नसकिरहेको उनले बताए । पिडित जिसीले आफुलाई सरकारले दिएको निःशुल्क डाइलेसिसको सुविधा दिलाउन र जीवन बचाउनका लागि आर्थिक सहयोग गर्न सबैसँग अनुरोध गरेका छन् ।
सहयोग गर्न चाहनेहरुले मृगौला पिडित नरेन्द्र बहादुर जिसीको सिटिजन बैंकमा रहेको खाता नम्बर ०७५०१००००३२८५०४१ मा रकम जम्मा गरेर वा मोबाइल नम्बर ९७४१७०१७७६ मा सम्पर्क राखेर पनि सहयोग गर्न सक्नु हुने छ । यस्तै माल्टामा बस्ने उनका छोरा भक्तबहादुर थापाले नरेन्द्र बचाउ अभियान समेत चलाएका छन् । जसका लागि ह्वाटसव नम्बर +३५६७७९४५५६२ मा पनि फोन गरेर सहयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे