दाङका दुई जना पुरुषकाे कोरोना संक्रमणबाट मृत्यु



दाङका दुई जना पुरुषकाे कोरोना संक्रमणबाट मृत्यु

दाङ ७ मंसीर। कोरोना भाइरस संक्रमणबाट दाङका दुई जना पुरुषकाे बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दाङका दुईजनाको मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ६८ वर्षका पुरुष र घोराहीउपमहानगरपालिका–९ वनगाउँका ६७ वर्षका पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि तुलसीपुरका ती पुरुषलाई मंसिर ४ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । उनको त्यसैदिन पीसीआर परीक्षणका लागि स्वाव निकालिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको उपचारकै क्रममा आज विहान १ः ४० बजे मृत्यु भएको जिल्ला कोडिभ १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनी लामो समयदेखि मधुमेहका विरामी थिए ।

त्यस्तै स्वास्थ्यमा समस्या आएपछि कात्तिक २५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घोराहीका ती पुरुषको कोरोना परीक्षण गरिएको थियो । उनको त्यसको भोलिपल्ट रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई २७ गते कोहलपुर मेडिकल कलेजमा पुर्याइएको थियो ।

रोगको प्रकृतिअनुसार, सबै प्रकारको उपचार गर्दागर्दै उनको गएराती ११ः ५० बजे मृत्यु भएको श्रेष्ठले बताए । उनी उच्च रक्तचापका विरामी थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे