तुलसीपुरमा मात्रै कुल संक्रमितको संख्या ६ सय ९२ पुग्यो,आज पत्रकार सहित १३ जनामा कोरोना संक्रमण पुष्टि



तुलसीपुरमा मात्रै कुल संक्रमितको संख्या ६ सय ९२ पुग्यो,आज पत्रकार सहित १३ जनामा कोरोना संक्रमण पुष्टि

तुलसीपुर ६ मंसिर  ।  दाङको तुलसीपुरमा मात्रै कोरोना संक्रमितको संख्या ६ सय ९२ पुगेको छ । भने संक्रिय संक्रमितको संख्या २ सय १४ पुगेको छ । यसै बिच शनिवार पत्रकार सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिबर क्लिनिकबाट लिएको स्वाव मध्ये थप १३ जनाको रिर्पाट पोजेटिभ आएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

उनका अनुसार संक्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ६१ वर्षीय १ पुरुष,२८ र ३६ वर्षीय २ महिला गरि ३ जना,वडा नं. ६ का ६१,४६,२१ वर्षीय ३ जना पुरुष र २६ वर्षीय १ महिला गरि ४ जना, वडा नं. १२ का २५ वर्षीय १ जना पुरुष, वडा नं. १५ का ५४ वर्षीय १ जना पुरुष, वडा नं. १७ का ४१ र २३ वर्षीय २ जना पुरुष,वडा नं. १८ का ३२ वर्षीय १ महिला र वडा नं. १९ का ३२ वर्षीय १ जना पुरुष रहेका छन ।

त्यस्तै वडा नं. ७,वडा नं. ६ र वडा नं. १४ का १÷१ जना पुरुष फलोअपमा रहेको फोकल पर्सन केसीले बताए । शनिवार संक्रमित हुनेमा पत्रकार सहित विभिन्न संघसस्थाका कर्मचारी रहेका छन ।

फोकल पर्सन केसीका अनुसार तुलसीपुरमा हाल सम्म कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यसै बिच शनिबार मात्र तुलसीपुरमा ७ जनाले कोरोनालाई जितेका छन । यो संगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ सय ७८ जना पुगेको छ । तुलसीपुरमा कोरोनाको तथ्याङ्क हेर्दा हाल २ सय ७ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे