LISTEN LIVE RADIO

देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ को कार्यालय बन्द



देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ को कार्यालय बन्द

लमही २१ कार्तिक । देउखुरीको लमही नगरपालिका वडा ५ को कार्यालय बन्द हुने भएको छ । उक्त कार्यालयका कर्मचारी कोरोना संक्रमितको सम्पर्कमा रहेकाले कन्ट्याक ट्रेसिङ गर्नु पर्ने हुँदा कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको हो ।

लमही नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दैै वडा कार्यालय बन्द हुने जनाएपनि कहिले देखि बन्द हुने भने खुलाइएको छैन । नगर प्रमुख कुलबहादुर केसीले जारी गरेको सूचनामा भनिएको छ, ‘कार्यालयमा कार्यारत कर्मचारीहरु कन्ट्याक्ट ट्रेसिङमा परी उहाँहरुको स्वाब संकलन गरिएको र ल्याबमा पठाइएको हुँदा, परिणाम नआउँदासम्मका लागि वडा नम्बर ५ को कार्यालयबाट अति आवश्यकबाहेकका सेवाहरु प्रवाह नहुने भएकाले सेवाग्राहीमा पर्ने जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ , जारी गरिएकाे सुचनामा भनिएकाे छ ।

तर लमही नगरपालिकाका सूचना अधिकारी नरेन्द्रकुमार गुप्ताले आज शुक्रबार देखि वडा नम्बर ५ को कार्यालय बन्द हुने जानकारी दिएका छन्। ‘कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीको स्वाव संकलन गरी पठाइएको छ, दुईतीन दिनको रिपार्ट आउँछ होला त्यही समय सम्म कार्यालय बन्द हुने छ’,सुचना अधिकारी गुप्ताले भने ।

यसैबीच लमही नगरपालिकासहित वडा नम्बर ३ र ४ को कार्यालय पनि यही १८ गते देखि बन्द रहेको छ । केही कर्मचारी र जनप्रतिनिधिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालयसहित ३ र ४ नम्बर वडा कार्यालय २४ गते सम्म बन्द रहेको छ ।

साथै लमही अस्पताल पनि सोही दिनदेखि एक हप्तासम्म बन्द रहेको छ । तर अत्यावश्यकका सेवा भने सबै कार्यालय जारी रहने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे