LISTEN LIVE RADIO

दाङकाे दंगीशरण गाउँपालिका एक हप्ता बन्द, अत्यावश्यक बाहेक सबै सेवा बन्द हुने



दाङकाे दंगीशरण गाउँपालिका एक हप्ता बन्द, अत्यावश्यक बाहेक सबै सेवा बन्द हुने

दाङ २० कार्तिक । कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दाङको दंगीशरण गाउँपालिका एक हप्ताका लागि बन्द हुने भएको छ । कार्यालयले बिहिबार एक सूचना जारी गर्दै भोली शुक्रबार २१ गतेदेखि २७ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको छ ।

कार्यवहाक अध्यक्ष पिमाकुमारी वलीले जारी गरेको सूचनामा भनिएको छ, ‘कर्मचारीमा कोरोना देखिएकाले कार्यालय र कार्यालय मातहबाट प्रदान गरिने सेवा भोलीदेखि एकहप्ताका लागि बन्द हुने छ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे