LISTEN LIVE RADIO

बाल विवाह न्युनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न



बाल विवाह न्युनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिसहनियाँ २० असार । बाल विवाह न्युनीकरण तथा बालमैत्री स्थानीय शासन सम्बन्धी सरोकारवालाहरू सँगको अभिमुखीकरण कार्यक्रम सोमबार सिसहनियाँमा सम्पन्न भएको छ ।

सामुदायिक विकास मञ्च दाङको आयोजना एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ को सहयोगमा आइतबार देखि सुरू भएको कार्यक्रम सोमबार  सम्पन्न भएको हो । मञ्चका अध्यक्ष मदन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य गोविन्दबहादुर कुवर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले बालविवाह न्युनीकरण गर्न घरपरिवार भित्रै सचेतना हुन आवश्यक रहेको बताएका थिए ।

साथै गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाहरूले पनि ध्यान दिनुपर्ने बताएका थिए । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा सदस्यहरू भुपलाल थापा मगर, सावित्रादेवी दमाई, नेपाल पत्रकार महासंघ दाङका सहसचिव दशरथ घिमिरे, प्रशिक्षकहरू पुष्पराज अधिकारी, गणेश पाैडेल लगायतका वक्ताहरूले शुभकामना व्यक्त गरेका थिए ।

३५ जनाको सहभागीता रहेको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेकाे सिसहनियाँबाट प्रशिक्षार्थी पत्रकार सिर्जना थापा र निसा कुमारी चाैधरी समाचार पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे