LISTEN LIVE RADIO

चट्याङ लागेर प्युठानमा दुईको मृत्यु,९ जना घाईते



चट्याङ लागेर प्युठानमा दुईको मृत्यु,९ जना घाईते

प्युठान २१ असार। प्युठानको ऐरावती गाउँपालिका-६ बिजुलीकाेटमा चट्याङ लागेर दुई जना बालकको ज्यान गएकाे छ । मृत्यु हुनेमा स्थानिय ७ वर्षीय राेमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिएका छन्।

प्रहरी नायव उपरिक्षक थापाका अनुसार सोमबार राति परेकाे चट्याङ लागेर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएकाे हो ।
चट्याङ लागेर ऐरावतीकाे वडा न-६ का ५ जना र वडा नं-१ दाङवाङ्गका ४ जना गरि ९ जना ब्याक्ती घाइते छन् । त्यसमध्ये दाङबाङकी ७० वर्षिया पोवी नेपालीको अबस्था गंभिर रहेको थापाले जानकारी दिनुभयो। घाईते सबैकाे जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे