लालमटिया स्वास्थ्य चौकीका एक जना कर्मचारीमा कोरोना देखिएपछि कार्तिक २६ सम्मका लागि सिल



लालमटिया स्वास्थ्य चौकीका एक जना कर्मचारीमा कोरोना देखिएपछि कार्तिक २६ सम्मका लागि सिल

अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द
देउखुरी टुडेकर्मी, भालुवाङ १९ कार्तिक । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीका एक जना कर्मचारीमा कोरोना देखिएपछि कार्तिक २० गते देखि कार्तिक २६ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको छ ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिको बुधवार बैठक पछि एक सूचना जारी गर्दै स्वास्थ्य चौकीबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य नियमित सेवाहरु बन्द भएको जनाएको हो । विगत केही समय देखि देशैभर कोरोना संक्रमण बढ्दै गएकोमा दाङ जिल्लामा पनि पछिल्लो समयमा संक्रमण बढ्दै गएको विदितै छ । यहि सन्दर्भमा स्वास्थ्य चौकीमा कार्यरत १ जना स्वास्थ्य कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोले निजहरूको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई सजग रहन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे