दाङको देउखुरीमा हाल सम्म ३९३ कोरोना संक्रमित, ५ जनाको मृत्यु



दाङको देउखुरीमा हाल सम्म ३९३ कोरोना संक्रमित, ५ जनाको मृत्यु

ओमप्रकाश गुप्ता, लमही १९ कार्तिक । दाङको देउखुरीमा हाल सम्म कुल ३ सय ९३ जना कोरोना संक्रमित रहेका छन् । देउखुरीमा ४ वटै पालिकाको रेकर्ड अनुसार उक्त संख्यामा संक्रमित रहेको पाइएको छ । रेकर्ड अनुसार लमही नगरपालिकामा कुल संक्रमितको संख्या २३७ रहेको छ भने होमआइसोलेनमा ६३, आइसोलेसनमा २ र मृतकको संख्या २ रहेको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेलले जानकारी दिएका छन् ।

त्यसै गरी गढवा गाउँपालिकामा कुल संक्रमितको संख्या ५५ रहेको छ भने होमआइसोलेनमा शुन्य, आइसोलेसनमा शुन्य र मृतकको संख्या पनि शुन्य रहेको गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिएका छन् । त्यस्तै राप्ती गाउँपालिकामा कुल संक्रमितको संख्या ६९ रहेको छ भने होमआइसोलेनमा ३, आइसोलेसनमा १२ र मृतकको संख्या ३ रहेको राप्ती गाउँपालिकाका सुचना अधिकारी विश्वास विकले जानकारी दिएका छन् ।

भने राजपुर गाउँपालिकामा कुल संक्रमितको संख्या ३२ रहेको छ भने होमआइसोलेनमा १, आइसोलेसनमा शुन्य र मृतकको संख्या पनि शुन्य रहेको राजपुर गाउँपालिकाका स्वास्थ्य संयोजक कमलबहादुर रोकायले जानकारी दिएका छन् । विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरस( कोभिड १९) नेपालमा प्रवेश गरे सँगै दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ का ३६ वर्ष र वडा नम्बर ५ का १९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे