LISTEN LIVE RADIO

लमहीका क्रियाशिल पत्रकार दशरथ घिमिरेलाई कोरोना संक्रमण



लमहीका क्रियाशिल पत्रकार दशरथ घिमिरेलाई कोरोना संक्रमण

भालुवाङ १७ कार्तिक । दाङ देउखुरीको लमही क्षेत्रका क्रियाशिल पत्रकार दशरथ घिमिरेलाई कोरोना पुष्टि भएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी पत्रकार घिमिरेलाई सोमवार संक्रमण पुष्टि भएको हो । भैरहवामा गरिएको पिसिआर परिक्षणका क्रममा उनलाई संक्रमन पुष्टि भएको हो ।

गत शुक्रवार पिसिआर परिक्षणका लागि उनको स्वाब संकलन भएको थियो । त्यसको रिपोर्ट सोमवार आउँदा पोजेटिभ आएको हो । परिवार सहित पिसिआर परिक्षण गरेको भएपनि पत्रकार घिमिरेलाई मात्रै संक्रमण पुष्टि भएको हो । घिमिरेले आफुलाई समान्य खोकी लागेको भएपनि स्वास्थ्य अवस्था समान्य रहेको बताएका छन् ।

समान्य खोकी लागेको हुँदा आशंका लागेर चेकजाँच गराउँदा संक्रमण देखियो,’ घिमिरेले भने ‘म ठिक छु र अहिले सम्म घरमै आइसोलेनमा बसेको छु ।’ रिपोटिङको सिलसिलामा फिल्डमा खटिने क्रममा आफुलाई संक्रमण भएपनि आफु कत्ति पनि विचलित नभएको र कोरोना जितेर छिट्टै काममा फर्किने उनले विश्वास व्यक्त गरेका छन् । यसअघि तुलसीपुरमा क्रियासिल एक जना महिला पत्रकारलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो । उनी हाल निको भएर काममा फर्की सकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे