LISTEN LIVE RADIO

यस्ता छन् एकल अथवा सिंगल महिलाका चुनौती



यस्ता छन् एकल अथवा सिंगल महिलाका चुनौती

इक्षा केसी

देशका लाखौं युवा विदेशमा छन् । तिनका जवान श्रीमती लोग्ने आउने आशामा छन् । बिहे गरेको तीन महिनामा लोग्ने विदेश जान्छ । विदेश गएको दुई–पाँच वर्षमा केटो ‘लाहुर’ बाट फर्कन्छ वा नफर्कन पनि सक्छ । हाम्रो समाजलाई सबैभन्दा ठूलो चिन्ता लोग्नेको अनुपस्थितिमा युवतीले अरूसँग शारीरिक सम्बन्ध राख्ली कि भन्ने हुन्छ । विदेशमा केटाले के गर्ला भन्ने प्रश्न उल्लेख्य हुँदैन, किनकी उ त छोरो मान्छे ! पुरुषलाई यौन–प्रेम सहज हुँदा महिलालाई भने त्यस्तो छँदै छैन ।

जड समाजका मक्किएका चलन र सोच कतिलाई महान् त्याग र गौरवशाली परम्परा लाग्दा हुन् । तर तपाईं हामीले आफन्त, छिमेक, घरकै एकल अथवा विधवा महिलालाई एकपटक यो प्रश्न सोध्ने हिम्मत गरेका छौं— श्रीमानको मृत्युसँगै तपाईंको शारीरिक चाहना पनि मरेको हो ? यस्ता प्रश्नले स्वाभाविक निचोड निस्कने छ ।

पाप धर्मको त्रास देखाएर, इज्जत–बेइज्जतका कथा बुनेर विधवाहरूको यौन र प्रेम चाहनाको हत्या र हरण गरिएको हो । बुहारीको अकाल मृत्यु हुँदा छोराका लागि नयाँ बुहारी भित्र्याउन ढिलो नगर्ने समाजले अब बुझ्नुपर्छ— छोरा मरेपछि बुहारीहरूलाई पनि अर्को सुयोग्य पात्रको जरुरी हुन्छ । जसबाट बुहारीका शारीरिक र भावनात्मक रहर पूरा होउन् । विधवा र एकलले मात्र आफ्ना यौन–प्रेम चाहना दबाउनु परेको सत्य होइन ।

देशका लाखौं युवा विदेशमा छन् । तिनका जवान श्रीमती लोग्ने आउने आशामा छन् । बिहे गरेको तीन महिनामा लोग्ने विदेश जान्छ । विदेश गएको दुई–पाँच वर्षमा केटो ‘लाहुर’ बाट फर्कन्छ वा नफर्कन पनि सक्छ । हाम्रो समाजलाई सबैभन्दा ठूलो चिन्ता लोग्नेको अनुपस्थितिमा युवतीले अरूसँग शारीरिक सम्बन्ध राख्ली कि भन्ने हुन्छ । विदेशमा केटाले के गर्ला भन्ने प्रश्न उल्लेख्य हुँदैन, किनकी उ त छोरो मान्छे ! पुरुषलाई यौन–प्रेम सहज हुँदा महिलालाई भने त्यस्तो छँदै छैन ।

यति सार्वभौम कुरामा समेत समाजले स्त्री जाति माथि खुला विभेद गरेको छ । समाजमा हुन सक्ने विचलनको जिम्मा जहिले पनि महिलाको काँधमा हुने लाग्थ्यो, तर होइन रहेछ, महिलाको योनीमा हुने रहेछ । सिंगो समाज संस्कार जोगाउने नाउँमा महिलाको योनी जोगाउन लागि परेको सत्य कसैबाट लुकेको छैन ।

महिलाले कुनै पनि मूल्यमा आफ्नो विवाहित पुरुष बाहेक अर्को सँग सम्बन्धमा रहन भएन भन्ने मान्यता किन स्थापित भयो भने समाजको नेतृत्व पुरुषले गर्छन् । आफ्नो नेतृत्वमा हुँदा आफ्नो जाति वा पक्षमा हाली मुहाली गराउनु मानवीय स्वभाव हो । महिलालेको सँग हिँड्ने, उठ्ने या सुत्ने भन्ने फैसला पुलिंगी समाजले गर्छ । समाजको नेतृत्व पुरुषले गर्ने भएकै कारण विधवा महिला, ‘सिंगल’ महिला वा विदेशमा लोग्ने भएका महिला हरदम पुरुषकै निगरानी र नियन्त्रणमा रहन्छन् ।

पुरुषहरूको वर्चस्व भएको र पुरुष संहिता लागू भएको यो समाज महिलाका लागि उकुस मुकुसपूर्ण छ । यसमा महिलाहरूको हालत युद्ध बन्धकको जस्तो छ । पुरुष समाजसँग सम्झौता गरेर हो । मा हो मिलाउनेलाई त उकुस मुकुसपूर्ण छ भने, विद्रोही एकलहरूको हालत के होला ? विद्रोहको बेचैनीमा पनि चैनको सास फेरेर आफ्ना इच्छा बेगर जिन्दगी बाँच्ने नाउँमा सम्झौता नगर्ने पराक्रमी ‘सिंगल’ हरूलाई सलाम ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे