तुलसीपुरका एक सय बढी कैदीबन्दीमा ज्वरो र रुघाखोकीको लक्षण



तुलसीपुरका एक सय बढी कैदीबन्दीमा ज्वरो र रुघाखोकीको लक्षण

देउखुरी टुडेकर्मी, तुलसीपुर ९ कार्तिक ।

तुलसीपुरका केही कैदीबन्दीमा ज्वरो र रुघाखोकीको लक्षण देखा परेकाे छ । कारागार शाखा तुलसीपुरमा एक सय बढी कैदीबन्दीहरुलाई रुघाखोकी लागेको छ । उनीहरुमा रुघाखोकी लागेको कारागार शाखा तुलसीपुरका जेलर युवराज परियारले जानकारी दिएका छन् ।

कुल ४ सय ५९ जना कैदीबन्दी मध्ये १ सय बढीमा उक्त लक्ष्यण देखिएको हो । शुरुमा एक दुई जनामा मात्र रुघाखोकी लागेकोमा क्रमश बढ्दै एक सय जनामा लागेको थियो । सिकिस्त भए मात्र पीसिआर टेष्ट गर्ने सरकारले निर्देशन दिएका कारण स्वाव टेष्ट भने नगरिएको परियारले जानकारी दिए ।

अत्यन्तै संबदेनशील स्थान कारागार पनि भएकाले कैदीलाई कोरोना लगायत कुनैपनि संक्रमण हुने खालका रोग प्रति कारागार शाखा सर्तक अबस्थामा रहने गरेको परियारले बताए ।

मापदण्ड अनुसार साँढे २ सय बढी राख्न नसकिने कारागारमा हाल ४ सय ५९ जना कैदीलाई राखिएको छ । कारागार शाखा तुलसीपुरमा २८ जना महिला, दुई जना आश्रीत बालबालिका र बाँकी पुरुष कैदीहरुलाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे