राप्ती र गढवाका १-१ जना सहित दाङमा आज थप २८ जनामा कोराेना संक्रमण पुष्टि



राप्ती र गढवाका १-१ जना सहित दाङमा आज थप २८ जनामा कोराेना संक्रमण पुष्टि

देउखुरी टुडेकर्मी, भालुवाङ ४ कार्तिक ।

देउखुरीकाे राप्ती र गढवाका १-१ जना सहित दाङमा आज थप २८ जनामा कोराेना संक्रमण पुष्टि भएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब  परिक्षणमा २८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेहरुमा तुलसीपुरका ९ जना, घोराहीका १५ जना र लमहीका ३ जना रहेका छन् ।

त्यसैगरी गढवा र राप्ती गाउँपालिकाका १–१ जनामा कोरोना पुष्टि भएको जिल्ला कोरोना रोग फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् । याे स‌गै दाङमा कुल कोरोना संक्रमितको संख्या १७ सय ९१ पुगेको छ ।

अहिले सम्म ११ सय ९५ जना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । जिल्लाभर संक्रिय संक्रमितको ५ सय ९० रहेको छ । अहिले होम आईसोलेसनमा ५ सय १६ जना रहेको र अन्य बिभिन्न संस्थागत आईसोलेसनमा रहेको फोकल पर्सन चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे