पत्रकार सहित दाङमा १५ जनामा कोरोना पुष्टी



पत्रकार सहित दाङमा १५ जनामा कोरोना पुष्टी

दाङ ३ कार्तिक । दाङमा आज  पत्रकार सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बबई गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जा सहित सहित १५ जनामा कोरोना पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको आरटि पिसिआर परिक्षणमा गाउँपालिकाका प्रेस संयोजक राम्जासहित ६ जना कर्मचारी, वडा नम्वर ३ र ७ का वडा अध्यक्ष तथा वडा नम्वर २ र ६ का वडा दुई जना वडा सदस्यहरु सहित १५ जनामा कोरोना पुुष्टि भएको गाउँपालिकाले जनाएको छ । अन्य संक्रमित समुदाय स्तरका व्यक्ति रहेका छन् ।
गाउँपालिकाबाट गएको असोज २८ गते जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र समुदाय स्तरका नागरिक गरी ३९ जनाको स्वाव संकलन गरिएके थियो । यसैविच गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिहरुमा कोरोना पुष्टि भएपछि गाउँपालिकाका कार्यालयहरु कात्तिक ६ गते सम्मका लागी सिल गरिएको गाउँपालिकाले जनाएको छ । यस अघि पनि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत लगाएतका कर्मचारीलाई कोरोना पुष्टी  भएको थियो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे