नेपालमा आज थप ३७९० जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु



नेपालमा आज थप ३७९० जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं ३ कार्तिक । नेपालमा आज थप  ३ हजार सात सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १५ हजार सात सय १४ जनाको नमुना परीक्षण गर्दा ३ हजार सात सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस सँगै सङ्क्रमितको सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।

यस्तै वितेको २४ घण्टामा दुई हजार तीन सय ३५ जना कोरोना मुक्त भएका छन् । यससँगै निेको हुनेको सङ्ख्या ९४ हजार पाँच सय एक पुगेको छ । अब नेपालमा ४० हजार सात सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ७० जना क्वरेन्टानमा रहेका छन् ।

यस्तै वितेको २४ घण्टामा १८ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल संख्या ५ सय ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे