LISTEN LIVE RADIO

१२ का विद्यार्थीलाई दाङमा आज र भोली कोरोना विरुद्धको खोप लगाइदै



१२ का विद्यार्थीलाई दाङमा आज र भोली कोरोना विरुद्धको खोप लगाइदै

दाङ २७ भदाै । दाङमा कक्षा १२ को परिक्षा दिने १० हजार वढि विद्यार्थीहरुलाई खोप लगाईने भएको छ । जिल्ला कोभिड १९ खोप समन्वय समितिको निणर्य अनुसार कक्षा १२ को परिक्षा दिने तयारीमा रहेका १० हजार १ सय ५७ नियमित तथा आंशिक विद्यार्थीहरुलाई खोप दिन थालिएका जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहिले जानकारी दिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई दाङ र राष्ट्रिय परिक्षा बोर्ड दाङको समन्वयमा आज र भोली एस्ट्रजेनिका खोपको पहिलो मात्रा दिन थालिएको हो । सरकारको निर्देशन अनुसार १२ को परिक्षाका लागि विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा खोप लगाउन थालिएको कार्यालयका प्रमुुख शाहीले बताए । उहाँले विद्यार्थीहरुलाई प्रवेश पत्र लिएर गाउँपालिकाको स्वास्थ्य शाखाले तोकेको खोप केन्द्रमा जान समेत आग्रह गरेका छन् । परिक्षा यहि भदौ ३० गतेबाट सुरु हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे