LISTEN LIVE RADIO

दाङमा शनिबार थप ७ जनामा काेराेना संक्रमण पुष्टि, १३ जना संक्रमणमुक्त, २ जनाको मृत्यु



दाङमा शनिबार थप ७ जनामा काेराेना संक्रमण पुष्टि, १३ जना संक्रमणमुक्त, २ जनाको मृत्यु

दाङ २६ भदौ । दाङमा शनिबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका अनुसार राप्ती स्वास्थ्य विज्ञान पतिष्ठान घोराहीमा ३० जनामा कोरोना परिक्षण गर्दा घोराहीका ४ र तुलसीपुरका ३ गरी सात जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै जिल्ला अहिले सक्रिय संक्रमितको संख्या ५२ पुगेको छ । यस्तै  शनिबार १३ जना कोरोनाबाट मुक्त भएका छन् । केन्द्रका अनुसार संक्रमणबाट मुक्त हुनेमा घोराहीका ७ जना, तुलसीपुर र बबईका २/२ जना, लमही र गढवाका १/१ जना रहेका छन् ।

यो संगै बैशाख यता संक्रमणबाट मुक्त हुनेको संख्या ८ हजार ७ सय ७ पुगेको छ भने संक्रमितको संख्या ८ हजार ९ सय ७३ पुगेको केन्द्रले जनाएको छ । यस्तै  थप दुई जना संक्रमितको निधन भएको छ । तुलसीपुर ६ का एक जना र लमही ५ का एक जनाको निधन भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे